सती कथा संग्रहको विमोचन
काठमाडाैं | मंसिर २४, २०८०
कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ ।
कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गर्नुभयो । समाजका विविधता कथामा प्रस्तुत भएको उहाँको भनाइ छ ।
कृतिको टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले कथाहरूमा सामाजिक यथार्थता प्रस्तुत भएको बताउनुुभयो । समाजिक यथार्थता, भोगाई लगायत जीवनका विभिन्न परिवेशलाई कथाहरूमा चित्रण गरिएको उहाँले बताउनुुभयो ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका गण्डकी प्रदेश अध्यक्ष एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुुर्गाबहादुर शाह(बाबा), सचिव असफल गौतम, पाज्ञ हरिदेवी कोइराला, कृतिका स्रष्टा रामचन्द्र आचार्य(आरसी) लगायतले बोल्नुुभएको थियो ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

